Gorkha Patra – गोरखा पत्र श्रावण २८ गतेको लोक सेवा सामग्री
1. सन् २०२५ अगस्तमा प्रकाशित फिफा विश्व वरीयतामा नेपाली महिला राष्ट्रिय टोली कति आँ स्थानमा रहन सफल भएको छ ?
· ८७ औं
· यसअधि १०० औँ स्थानमा रहेको नेपालको महिला टबल टिमले १३ स्थान सुधार गर्दे ८७ औँ स्थान कायम गर्न सफल भएको ।
· नेपालको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो । यसअधि नेपाली महिला टिमको सबैभन्दा उच्च वरीयता ९१ औँ रहेको थियो ।
· वरीयतामा शीर्ष १० राष्ट्र
पहिलो – स्पेन |
दोस्रो - अमेरिका |
तेस्रो-स्विडेन |
चौथो - इङ्गल्यान्ड |
पाँचौं-जर्मनी |
छैटाँ - फ्रान्स |
सातौं – ब्राजिल |
आठाँ - जापान |
नवाँ-क्यानडा |
दशौं - दक्षिण कोरिया |
२. प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्र (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसड्घीय सम्मेलनको सन्दर्भमा कहिले तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको हो ?
· विसं २०८२ साउन १८ -स्वदेश फिर्ता : विस २०८२ साउन २४)
· भूपरिवेष्टित विकासशील देश -एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन -५-८ अगस्ट, २०२५) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको ।
· प्रधानमन्त्री ओलीलाई तुरकमेनिस्तानका राष्ट्रपति सेरदार बर्दिमुहामेदोभ र संयुक्त राष्ट्रसड्घका म हासचिव एन्टोनियो गुटेर्रेसले साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी हुन संयुक्त रूपमा निमन्त्रणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको।
· प्रधानमन्त्रीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष तथा नेपाल सरकार प्रमुखको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नुभएको ।
· उहाँले सम्मेलनको गोलमेच उच्चस्तरीय सम्मेलनको सहअध्यक्षता र अन्य कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको ।
· उहाँले समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, उच्च पारवहन लागत, कमजोर पूर्वाधार, लामो र अनिश्चित पारवहन मार्गहरू, सीमित बजार पहुँच, प्राथमिकताका वस्तु अत्यधिक निर्भरता, विश्वव्यापी व्यापारको जोखिम तथा जलवायु परिवर्तन-प्रेरित प्रकोपका कारण यी मुलुकको अर्थतन्त्र अविकसित र कमजोर रहन गएको बताउनुभएको ।
· प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकको तीव्र विकासका लागि दक्षिण-दक्षिण सहकार्यले थप मार्ग प्रशस्त गर्ने बताउनुभएको ।
३. 'रानी जमरा कुलरिया सिँचाइ आयोजना' को उद्घाटन कहिले भएको हो ?
· विसं २०८२ साउन १३ गते
· राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने 'रानी जमरा कुलरिया सिँचाइ आयोजना' को सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस २०८२ साउन १३ गते उद्घाटन भएको।
· प्रधानमन्त्री ओलीद्वारा थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधाको सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरिएको।
· यसअधि राष्ट्रिय गौरवका चार वटा आयोजना- अपर तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई औपचारिक उद्घाटन भएको ।
· रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट करिब ३४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने छ।
· आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु भएको थियो र यसको तेस्रो चरणको काम २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।
4. रुसमा शक्तिशाली भूकम्प कहिले गएको हो ?
· सन् २०२५ जुलाई ३०
· रुसको सुदूरपूर्वी तटनजिकै पर्ने काम्चट्का प्रायःद्वीपमा सन् २०२५ जुलाई ३० मा फ.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ।
· अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (युएसजीएस) का अनुसार सो भूकम्प जमिनको सतहभन्दा १८ किमी तल उत्पन्न भएको ।
5. कोपा अमेरिका वुमन च्याम्पियनसिप २०२५ को उपाधि कसले जित्यो ?
· ब्राजिल -उपविजेता : कोलम्बिया
· खेल सञ्चालन मिति : ११ जुलाई - २ अगस्ट, २०२५
· आयोजक राष्ट्र : इक्वेडर
· टिम सङ्ख्या : १०
६.भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?
· रवीन्द्र ढाँट - (बभाड, नेपाल),
· फाइनल खेल : २ अगस्ट, २०२५
· भारतका चुनरेड कोरेनलाई पराजित गर्दै रवीन्द्रले सो उपाधि जित्न सफल भएका।
· उनी म्याटिक्स फाइट नाइट (एनएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका। शक्तिशाली रेसलिड र आक्रामक पावरका लागि चर्चित 'दी इन्डियन राइनो'
· उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।
· रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।
७. पब्जी मोबाइल एसियन सोडाउन, २०२५ को उपाधि जित्ने राष्ट्र कुन हो ?
· पाकिस्तान
· उपविजेता : इन्डोनेसिया)
· यस प्रतियोगितामा नेपाल -टिम निलो) ले तेस्रो स्थान हासिल गरेको। त्य सै गरी नेपाल रातो चौ थो, मलेसिया पाँचौँ तथा जोर्डन छैटाँ भएका।
· सो प्रतियोगितामा पाकिस्तानका फाल्का उत्कृष्ट खेलाडी घोषित भएका।
· प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः
· रु. चार लाख, दुई लाख र एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका।
८. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन् ?
· बेलायतका केन्टन कुल
· ५१ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२५ मे १८ मा १९ औं पटक सगरमाथाको सफल आरोहण गरेका ।
· केन्टन कुलले सन् २००४ देखि हरेक वर्ष सगरमाथा आरोहण गर्दै आएका छन् ।
· सर्वाधिक कामीरिता शेपाो नाममा छ, जसले ३१ औँ पटक सगरमाथा चढिसकेका छन्।
9. संयुक्त राष्ट्रसड्घद्वारा कुन वर्षलाई इन्टरनेसनल इयर अफ को-अपरेटिभ्सको रूपमा मनाउने घोषणा गरिएको छ ?
· सन् २०२५
· सन् २०२५ मा मनाइने संयुक्त राष्ट्रसड्घीय वर्ष
· इन्टरनेसनल इयर अफ पिस एण्ड ट्रस्ट
· इन्टरनेसनल इयर अफ ग्लेसियर प्रिजर्भेसन
· इन्टरनेसनल इयर अफ को-अपरेटि भ्स
· इन्टरनेसनल इयर अफ क्वान्टम साइन्स एन्ड टेक्नोलोजी
१०. विशाखापट्टनम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिड प्रणाली (इसिटीएस) प्रक्रिया अन्तर्गत कन्टेनर पारवहन कहिलेदेखि सुरु गरिएको हो ?
· विसं २०७५ फागुन ३
११. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
· धादिड (११ गाउँपालिका)
१२. सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो मिगौलाप्रत्यारोपित व्यक्ति को हुन् ?
· पेम्बा शेर्पा
· मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको आरोहण गरी उनले विश्व कीर्तिमान कायम गरेका।
· सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-७ सोलावनका ३६ वर्षीय पेम्बाले विसं २०८१ वैशाख ३१-(सन् २०२५ मे १४) गते सगरमाथा आरोहण गरेका ।
· उनको २०७९ कात्तिक २ गते भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
· आरोहण संस्था : एक्सपिडिसन हाई माउन्टेन ट्रेक्स
१३. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?
· भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल)
१४. सरकारद्वारा राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ?
· विसं २०८२ साउन १८
· नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता श्रमिकको सिप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा पुनर्एकीकरणमा जोड दिनु नीतिको प्रमुख उद्देश्य रहेको ।
· नीतिमा वैदेशिक रोजगारीमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन, महिला र लैड्गिक तथा यौनिक अल्पसड्ख्यक श्रमिकप्रति संवेदनशील नीति र कार्यक्रमको व्यवस्था गरिएको ।
· श्रम आप्रवासन क्षेत्रका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यो नीतिले श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाई प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलता केन्द्रित गरी समृद्धिको आधार बनाउने मार्गचित्र प्रस्तुत गरेको।
· नीति अन्तर्गत वैदेशिक रोजगार ऐन तथा नियमावलीको संशोधन, श्रम कूटनीति सबलीकरण, एकद्वार प्रणालीको विकास, सिप प्रमाणीकरण, उद्यमशीलता प्रवर्धन तथा सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार गरिने व्यवस्था गरिएको। यस नीतिले वैदेशिक रोजगार नीति,२०६८ लाई प्रतिस्थापन गरेको।
१५. विभिन्न उत्पादकले आफना सामग्रीमा प्रयोग गर्ने क्युआर कोडको पूरा रूप के हो ?
· क्विक रेस्पोन्स कोड
१६. नेपालले अन्तर्राष्ट्रिय गुणस्तर संस्था (आइएसओ) को पूर्ण सदस्यता कहिलेदेखि लागु हुने गरी प्राप्त गरेको हो ?
· सन् २०१४ जनवरी
१७. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौं हात्तीको देश भनी कुनलाई चिनिन्छ ?
· लाओस
१८. उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
· लेजर स्पिड गन
१९. नेपाल पन्छी संरक्षण सड्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
· छिमेकी चरा
२०. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क (सिपिएफ) मा कहिले हस्ताक्षर भएको हो ?
· सन् २०२२ सेप्टेम्बर २७
२१. नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासड्घ (आइटिएफ) ले वर्ष उत्कृष्ट खेलाडी अवार्ड-२०८१ बाट कसलाई सम्मानित गऱ्यो ?
· पुरुषतर्फ : भीमबहादुर तामाड र महिलातर्फ : सुस्मिता थापा मगर
· वर्ष उत्कृष्ट प्रशिक्षकमा आकाशचन्द्र घर्तीमगर, प्रदेश सङ्घमा गण्डकी र जिल्ला सङ्घमा गुल्मी उत्कृष्ट घोषित भई सम्मानित भएका ।
प्रस्तुतकर्ता : टड्क केसी
सम्बन्धित लेखहरू
सम्बन्धित लेखहरू फेला परेनन्।